Himvaa Nepal को वेवसाइट  himvaanepal.com  सार्वजनिकीकरण कार्यक्रम

Himvaa Nepal को वेवसाइट  himvaanepal.com  सार्वजनिकीकरण कार्यक्रम

मिति २०७८ कार्तिक ११ गते Himvaa Nepal को वेवसाइट  himvaanepal.com  सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भयो ।
वेवसाइट उद्‌घाटन, संस्थाका संरक्षक एवं प्रसिद्ध प्रशासनविद् डा. हिरामणि घिमिरेज्यूको नेतृत्वमा उपस्थित सबै महानुभावहरुवाट संयुक्त रुपमा सम्पन्न भयो । उद्‌घाटन गर्दै उहाँले यो संस्था समाजसेवाको उत्कृष्ट नमूना हुने विश्वास व्यक्त गर्दै असल कामको शुरुवात भएकोमा खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रमको समापन संस्थाका संरक्षक एवं प्रमुख निर्वाचन आयुक्त, श्री दिनेश कुमार थपलियाज्यूवाट सम्पन्न गरियो।
प्रमुख निर्वाचन आयुक्तले आफ्नो संक्षिप्त मन्तव्य दिँदै ;
– हिमाविका पूर्व विद्यार्थीहरुको एकता कायम गरी सामुहिक उर्जालाई परिचालन गर्न करिव तीन दशक अगाडी स्थापित Himvaa Nepal ले तत्कालिन समयमा ठूलो राशीको अक्षय कोष स्थापना गरेकोमा हाल नयाँ प्रविधिको उपयोग सहित himvaanepal.com नामक  website बनाएर अगाडि बढेकोमा खुसी व्यक्त गर्दै अव यस संस्थाले उत्कृष्ट कार्यहरू गर्ने विश्वास व्यक्त गर्नुभयो ।
– एलुम्नाईहरु धेरै भए पनि एलुम्नाई भनेको Himvaa जस्तो हुनुपर्छ भन्ने उत्कृष्ट नमुनाको रुपमा स्थापित गर्नु पर्छ भन्नुभयो ।
– हिमावि नभएको भए म यो अवस्थामा पुग्ने थिइन। मेरो सफलताको कारक नै हिमावि हो भन्ने भनाई राख्नु भयो ।
– यस Himvaa Nepal लाई सबैले सहयोग गरौं । आफूँ हुर्केको  भूमि र ज्ञानार्जन गरेको संस्था प्रति कृतज्ञ रहन सबैलाई आह्वान पनि गर्नुभयो ।
कार्यक्रममा; उदघोषण : शेर बहादुर ढुङ्गाना, सचिव, मन्तव्यः ई. लिला श्रेष्ठ, अमेरिका, सल्लाहकार र ख्याम बाहादुर घिमिरे, अध्यक्ष – स्थानीय कार्यसमिति, खाँदवारी, वेवसाइट परिचय : कृष्ण प्रसाद तिम्सिना, सहसचिव एवं स्वागत र समापन मन्तव्यः राम प्रसाद घिमिरे, अध्यक्षद्वारा गरिएको थियो ।

उक्त कार्यक्रममा उपाध्यक्ष दान वहादुर मास्केले हिमाविको संक्षिप्त इतिहाँस प्रस्तुती गर्नुको साथै जुम मार्फत देश-विदेश र सङ्खुवासभा / हिमाविवाट धेरै सरोकारवाला महानुभावहरु सहमागी हुनु भएको थियो । कार्यक्रममा HIMVAA कार्यसमितिका सदश्यहरू सुरेशकुमार निरौला, ललितकुमार शाक्य, सिद्दकुमारी खनाल, भूधरा उपाध्याय एवं सरस्वती भट्टराई र आमन्त्रित तर्फ किरण चापागाँई, फोटोग्राफरको रुपमा खगेन्द्र कार्की समेतको उपस्थिति रहेको थियो ।