• २९

    आजीवन सदस्य
  • रु १७७७८

    सहयोग
Himvaa Nepal

परिचय

विश्वको पाँचौ उच्च हिमशिखर मकालुको काखमा पवित्र एवं समअविरलअरुण नदी र कञ्चनतम् सभा खोलाद्वारा परिवेष्ठित भूगोलमा विगत सात दशकदेखि शिक्षाको ज्योती प्रज्वलित गर्दै आएको सरस्वतीको परमपूज्य मन्दिर हिमालय माध्यमिक विद्यालय, खाँदबारी, सङ्‌खुवासभामा अध्ययन गरिसकेका विद्यार्थीहरुकावीच समन्वय गर्न संचार सम्पर्क कायम गरी सहयोग, समझदारी, सदासयता र व्यक्तित्व विकासवाट ज्ञानमा आधारित समाज सिर्जना र विकासार्थ सामाजिक, आर्थिक समुन्नती र दिगो विकासका लागि निरन्तर प्रयास जारी राख्दै विकासमा जनसहभागिता अभिवृद्धी, वातावरण संरक्षण र व्यवस्थापन, पर्यटन प्रवर्दन र एकिकृत सामुदायिक विकासको लक्ष्य हासिल गरी समृद्धि प्राप्त गर्ने उत्कृष्ट अभिलाषाद्वारा अभिप्रेरित भई यस सामाजिक संस्था हिमालय माध्यमिक विद्यालय अलुम्नाई एशोसिएसन नेपाल (Himalaya Madhyamik Vidhyalaya Alumni Association) HIMVAA Nepal को स्थापना गरिएको छ।

थप
Himvaa Nepal

गतिबिधि

विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्न अक्षयकोष स्थापना गरी उत्कृष्टलाई पुरस्कार प्रदान गर्ने

२०५० सालमै अक्षयकोष मार्फत जिल्लाभर विभिन्न पुरस्कार प्रदान गर्दै आएको यस संस्थाले, हाल आजिवन . . .

उपकरण र सामाग्री व्यवस्था गरी Online Class संचालन गरिएको

केहि महिना अघि यस संस्थाले हिमालय माध्यमिक विद्यालय, खाँदवारी, सङ्‌खुवासभा 0nline Class संचालन गर्न . . .

सदस्यता

पुरा

सदस्यता

राधाकृष्ण आधार स्कूल देखि हिमालय माध्यमिक विद्यालय, खाँदवारी, सङ्खुवासभाका सम्पूर्ण पूर्व विद्यार्थीहरु HIMVVA Nepal का सदश्य हुने र हाम्रो सामुहिक योगदानमा अक्षयकोष स्थापना जस्ता विभिन्न सिर्जनशिल कार्य गरी यस संस्थाको विधानले परिलक्षित गरेका उद्देश्य प्राप्त गर्न यस संस्थालाई सहयोग पुऱ्याउन सदस्यता प्राप्ति र सहयोगमा सम्लग्न विवरण भरेर आफ्नो सदस्यता दर्ता गर्नुहोस्।

सहयोग

यस HIMVVA Nepal का सदस्यहरु र यस सस्थाका शुभचिन्तकहरुको सामुहिक योगदानमा अक्षयकोष स्थापना जस्ता विभिन्न सिर्जनशिल कार्य गरी यस संस्थाको विधानले परिलक्षित गरेका उद्देश्य प्राप्त गर्न सहयोगको प्रयोजन समेत उल्लेख गरी यस संस्थाको बैंक खातामा रकम जम्मा गरेर स्वेक्षिक सहयोग गर्नुहोस्। सहयोगदाताको नामावली यसै वेबसाईटमा सहयोग रकम सहित प्रकाशित गरिनेछ ।

Himvaa Nepal

ब्लग

हिमालय माध्यमिक विद्यालय अल्मुनाई एशोसिएसन नेपाल

Watch the Video