१ संस्थामा सदस्यहरुको सहभागिता बढाई आपसि समझदारी, भातृत्व र अनुशासन अभिवृद्धि गराउने
२ संस्थाको संपूर्ण सदस्यहरुले हासिल गरेका ज्ञान, सीप, दक्षता र वौद्धिकतालाई रचानात्मक तथा सृजनात्मक कामहरुमा लगाउने
३ संस्थालाई प्रभावकारी, उदेश्यमुलक, कार्यमुलक तथा सापेक्ष बनाउदै विकासको भुमिका निर्वाह गर्न सक्षम बनाउने
४ वातावरण संरक्षण र व्यवस्थापन, पर्यटन प्रवर्द्धन, एतिहासिक तथा साँस्कृतिक सम्पदाहरुको संरक्षण अनुसन्धान र विकास सम्वन्धी कार्यक्रमहरु संचालन गर्ने
५ स्थानीय वासिन्दाहरुमा स्वावलम्वी धारणा र जनचेतना जगाई एकिकृत सामुदायिक विकासका माध्यमद्धारा तिनका सामाजिक, आर्थिक सम्मुनतिमा निरन्तरता प्रदान गर्दे दिगो विकास हासिल गर्न उत्प्रेरित गर्ने
६ उपरोक्त उदेश्यहरु पूरा गर्न सरकारी तथा गैर सरकारी स्वदेशी तथा विदेशी दातृ संघ संस्थाहरु समेतको सहयोग जुटाई कार्यक्रमहरु संचालन गर्ने