केहि महिना अघि यस संस्थाले हिमालय माध्यमिक विद्यालय, खाँदवारी, सङ्खुवासभा 0nline Class संचालन गर्न आवस्यक उपकरण र सामाग्री व्यवस्थाको लागि सहयोग जुटाउन आह्वान गरेको थियो । यस्का लागि यस संस्थाका सल्लाहकार ई. लिला वहादुर श्रेष्ठको सक्रियतामा अमेरिका वासी HIMVAA Nepal का सदस्यहरु एवं केहि दानवीर महानुभावहरुवाट व्यक्तिगत सहयोग जुटाई यस कार्यक्रमको सञ्चालन गरिएको छ । यस कार्यक्रमको विस्तारका लागि अमेरिकी अन्तराष्ट्रिय लायन्स क्लव मार्फत सहयोग प्राप्त हुने आश्वासन समेत प्राप्त भएको छ ।
यस कार्यक्रमका लागि निम्नानुसार रकम वरावरको २ राउटर र १० ल्यापटप विद्यालयलाई सहयोग प्राप्त भएको छ ।
Himalaya Secondary School, Khandabari, Shankhuwa- sabha, Nepal, ‘HIMVAA Nepal Virtual Class Project’ : Name of Cash Donors
Total cash USD $ 4200
1) Narayan Somname
Charter President of Santa Rosa Kastamandap Lions Club California = $ 1000
2) Lila Bahadur Shrestha President, Santa Rosa Kastamandap Lions Club, California = $1000
3) Manoj Kumar Shrestha/Lila Kumari Shrestha = $1000
4) Lila Bahadur Shrestha, Verginia = $500
5) Rajeswari Shrestha, California = $200
6) Mohan Kumar Shrestha, Seattle = $500
Total USD = $ 4200
Cash in NRs = Rs. 5,02,500
Great and heartly thanks for all contributers.
सङ्खुवासभा जिल्लाको सदरमुकाम खाँदबारी स्थित हिमालय माध्यामिक विद्यालयका पूर्व विद्यार्थीहरुको संगठन हिम्भा नेपालको सहयोगमा उक्त विद्यालयमा डिजिटल लाइब्रेरी र भर्चुअल कक्षाको मिति २०७८/९/३० गते उद्घाटन गरी शुरुवात भएको छ।
हिम्भा नेपाल अमेरिकाले १० थान ल्यापटप कम्प्यूटर एवं उच्च क्षमताको राउटर सहयोग प्रदान गरिए पछि उक्त कार्यक्रम शुरु भएको हो। यस कार्यक्रमको सुसञ्चालन र विस्तारको लागि हिम्भा नेपालले समन्वय, उपकरण र प्रविधि व्यवस्था एवं अनुगमन गर्ने छ ।