राधाकृष्ण आधार स्कूल देखि हिमालय माध्यमिक विद्यालय, खाँदवारी, सङ्खुवासभामा अध्ययन गरेका सम्पूर्ण पूर्व विद्यार्थीहरु HIMVVA Nepal का सदश्य हुने र हाम्रो सामुहिक योगदानमा अक्षयकोष स्थापना जस्ता विभिन्न सिर्जनशिल कार्य गरी यस संस्थाको विधानले परिलक्षित गरेका उद्देश्य प्राप्त गर्न यस संस्थालाई सहयोग पुऱ्याउन सम्लग्न विवरण भरेर आफ्नो सदस्यता दर्ता गर्नुहोस्।
आजीवन सदस्यता प्राप्त गर्नको लागि यस संस्थाको बैंक खातामा रु पाँच हजार जम्मा गरी उक्त विवरण भरेर HIMVAA Nepal को आजीवन सदस्यता प्राप्त गर्न सकिने हुँदा आजीवन सदस्यता प्राप्त गर्नुहोस्।
साथै, यस HIMVVA Nepal का सदस्यहरु र यस सस्थाका शुभचिन्तकहरुको सामुहिक योगदानमा अक्षयकोष स्थापना जस्ता विभिन्न सिर्जनशिल कार्य गरी यस संस्थाको विधानले परिलक्षित गरेका उद्देश्य प्राप्त गर्न सहयोगको प्रयोजन समेत उल्लेख गरी यस संस्थाको बैंक खातामा थप रकम जम्मा गरेर स्वेक्षिक सहयोग गर्नुहोस्।
अक्षयकोष स्थापना गरी उत्कृष्टलाई पुरस्कार प्रदान गर्ने
२०५० सालमै अक्षयकोष मार्फत जिल्लाभर विभिन्न पुरस्कार प्रदान गर्दै आएको यस संस्थाले, हाल आजिवन सदस्यता अभियान सञ्चालन गरेर त्यसमा सहयोग रकम समेत थपी हिमालय माध्यमिक विद्यालय, खाँदवारी, सङ्खुवासभामा आजिवन सदस्य र सहयोग दाताको नामनामेसी विवरण समेत अभिलेखाङ्कन गरी ठूलो रकमको अक्षयकोष स्थापना गरेर विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्न उत्कृष्ट विद्यार्थी र शिक्षकलाई पुरस्कार मार्फत प्रोत्साहित गर्ने अभिष्ट राखिएको छ । यसमा सबै पूर्व विद्यार्थीहरुवाट योगदानको अपेक्षा गरिएको छ।
आजीवन सदस्य र सहयोगदाताको नामावली यसै वेबसाईटमा सहयोग रकम सहित प्रकाशित गरिनेछ ।
आजीवन सदस्यता प्राप्त गर्न रु पाँच हजार र सहयोग बापतको थप रकम समेत यस संस्थाको बैंक खातामा जम्मा गरी भौचरको फोटो / रकम ट्रान्सफरको स्क्रीनशट अपलोड गर्नुहोला।
सदस्यता प्राप्तिको लागि यो लिंकमा क्लिक गरी विवरण भर्नुहोस।
बैंक खाताको विवरण
हिमालय माध्यमिक विद्यालय अलुम्नाई एशोसिएसन, नेपाल
चल्ति खाता नं. : 1550100001470001
राष्ट्रिय बाणिज्य बैंक,
मैतिदेवी शाखा, काठमाडौं, नेपाल ।
यस खातामा मोवायल वैंकिङ्गवाट रकम ट्रान्सफरको लागि A/c Name :
HIMVAA-NEPAL
उपकरण सहयोग
श्री हिमालय माध्यमिक विद्यालय, खाँदवारी, सङ्खुवासभा, नेपालमा ICT and Digital Library with Virtual Class संचालन गर्न सल्लाहकार ई. लिला बहादुर श्रेष्ठको समन्वयमा अमेरिका ( USA ) का छ जना दानवीर महानुभावहरू (विस्तृत : गतिविधि र अभियानको 0nline class संचालन भित्र छ) वाट ने रु ५,०२,०००/- वरावरका १० थान ल्यापटप लगायत ICT उपकरण सहयोग प्राप्त
सहयोगदाताको नामावली र सहयोग रकमको विवरण:
१. श्री राम प्रसाद घिमिरे रु ३०००/-
२. श्री ललित शाक्य रु ३०००/-
३. श्रीमती भूधरा उपाध्याय रु ३०००/-
४. श्री लिला बहादुर श्रेष्ठ, खाँदवारी रु ५४६३/-
५. श्री ख्याम बहादुर घिमिरे रु २०००/-
६. श्री मेघनाथ पौडेल रु ६१५/-
७. श्री काजी बहादुर वुडाथोकी रु ८००/-
८. श्री लिला बहादुर श्रेष्ठ रु ५०००/-
अक्षयकोष स्थापना एवं पुरस्कार घोषणा
१.श्रीमती गाेमादेवी कटुवाल ढुङ्गानावाट हिमाविमा पुरस्कार राख्न अक्षयकोषको लागि रु १,११,१११/- दिने घोषणा (रकम पुरस्कार स्थापना हुँदा प्राप्त हुने गरी)
२. श्रीमती दुर्गा पोख्रेल निरौलाले आफ्ना शासु- शसुरा “परशुराम निरौला/ पवित्रा निरौला” को स्मृतिमा रु २००,०००/- (दुई लाख) को अक्षयकोष स्थापना गर्ने घोषणा (रकम पुरस्कार स्थापना गर्दा प्राप्त हुने गरी)
३. हिमावि, खाँदवारीमा डिजिटल कक्षा सञ्चालन गर्न प्रोत्साहनको लागि हाल अमेरिका वाशी श्रीमती सिता अधिकारीको नाममा श्री पूर्णचन्द्र अधिकारीबाट रु ३,००,०००/- को अक्षयकोष स्थापना गर्ने घोषणा (रकम पुरस्कार स्थापना भएको समयमा प्राप्त हुने गरी)